Madan Tamang

जुन सम्झन्थे तिमी त तारा रहेछौ


के तिमी पनि त्यहीं चाहन्छौ ..?

जसरी मलाई एक्लो बनाएको छ यो दुनियाँले
साँच्चै तिमी पनि मलाई एक्लै देख्न चाहन्छौ..?

हेरन त्यो आकाशमा छरपष्ट
छरिएको अनगिन्ती ताराहरू
मलाई एक्लै बनाउन पछि
लागिरहेका ती साराहरु
म त तिमीलाई एकमात्र जुन सम्झिन्थे
बैगुन भएपनि धेरै एक
दुईवटा गुण सम्झन्थे
के तिमी पनि ती अनगिन्ती तारामा
विलाउन चाहन्छौ..?
मलाई फेरि एक्लोपनसँग मिलाउन चाहन्छौ ..?

थाहा छ केही छैन मेरो साथमा
बिहानको पहिलो सोचाइ अनि
कल्पनामै हुन्छौ मेरो साँझमा
तिमीलाई घाम तिमीलाई जुन सम्झन्थे
यो जुनीमा तिम्रै मात्र हुन सम्झन्थे
तिमी पनि ती तारा भित्रका चम्किला
तारा हुँदै गयौ नजिकै राख्न चाहन्थे
बिस्तारै टाढा हुँदै गयो।
आखिर तारा तारा जस्तै हुने रहेछ।
जुन भन्दा धेरै टाढा जस्तै हुने रहेछ।
म त एक जुन रहेछु बादलले ढाक्ने,
ग्रहण,औंसी लाग्ने
साथमै भएपनि तारा एक्लै हुन रहेछु
तिम्लाई म घाम, जुन सम्झन्थे
तिमी गुच्छे तारा भित्रको तारा रहेछौ
दाग भएको जुन बनायौ मलाई
बिलायौ हजारौं नक्षत्रभित्र कठै
तिमित कस्तो बेसहारा रहेछौ।
यहाँ हेर्नुहोस

सृष्टि एरी
तनहुँ
Previous Post Next Post